आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गृह र अर्थसचिवले यसकारण दिदैछन् राजिनामा

AuthorAP Khabar२०७६ माघ १४, मंगलबार (४ साल अघि) ५२५ पाठक संख्या

माघ १४ काठमाडौं  :

आगामी २१ गते बेलुकादेखि अनिवार्य अवकाश पाउदै गरेका गृह र अर्थ सचिवले पदावधि नसकिदै राजिनामा दिने भएका छन् ।

अनिवार्य अवकाश पाउनै लाग्दा ती सचिवहरुले राज्यबाट पाउने सुविधा लिनको लागि त्यसअगाबै राजिनामा दिन लागेका हुन ।

अवकाश समयअगाबै राजिनामा दिएपछि राज्यबाट उपदान लगायत विभिन्न सुविधाहरु पाउने लोभले उनीहरुले राजिनामा दिन लागेको बताईन्छ ।

३० वर्षसम्म सरकारी सुविधा लिएर पनि नपुगेका ती सचिवहरुले राज्यलाई थप आर्थिक भार पर्नेगरी उपदानसहितको रकम लिनको लागि अवकाश अगाबै राजिनामा दिन लागेको भन्दै उनीहरुप्रति कर्मचारी वृत्तमै विरोध समेत हुन थालेको छ ।

गृह सचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव रामकुमार आचार्य र प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव अनिल ठाकुरको पाँच वर्षे सेवाअवधिका कारण अवकाश पाउन लागेका हुन ।

उता अर्थ र गृहजस्तो आकर्षक मन्त्रालयको सचिव बन्नको लागि विभिन्न मन्त्रालयमा रहेका सचिवका साथै बरिष्ठ सह सचिवहरु दौडधूपमा लागेका छन् ।

गृह सचिव बन्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने र सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोईराला लविङ गरिरहेका छन् । न्यौपाने एनसेलदेखि अख्तियारमा विभिन्न विवादमा मुछिदै आएका व्यक्ति हुन ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव ठाकुरले माघ २१ मा नै सेवा अवधीका कारण अवकाश पाउने भएपछि त्यहाँ कार्यरत बरिष्ठ सहसचिवहरुले सचिवका लागि दौडधूप चलिरहेको छ ।

योसँगै बरिष्ठ सहसचिव एकनारायण अर्याल,टेकनारायण पाण्डे र रामशरण पुडासैनीले पनि सचिव हुनको लागि लागरिहेका छन् ।

यसमध्ये गृहका क्याडरका रुपमा रहेका अर्याल हाल कलकत्तास्थित नेपाली महावाणिज्यदूतका रुपमा कार्यरत छन् । काठमाडौं लगायतका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदा अर्यालले सदाचार, सुशासन र ओजिलो प्रशासनिक क्षमता प्रदर्शन गरेर चर्चा पाएका थिए ।

सचिवहरुको अवकाशसँगै सचिवमा बढुवा हुने पालो बरिष्ठ सहसचिव अर्यालसँगै पाण्डे र पुडासैनी रहेको रहेको छ । पाण्डे शिक्षा क्षेत्रमा दख्खल राख्छन् भने पुडासैनी अर्थ प्रशासनमा राम्रो अनुभव भएका अधिकारीका रुपमा चिनिन्छन् ।

यस्तै सचिवको दाबेदारमध्ये शिक्षा मन्त्रालयमा कार्यरत बरिष्ठ सहसचिव बाबुराम पौडेल रहे पनि उनको उमेरहदका कारण माघ १८ देखि अवकाश पाउने भएपछि सचिव हुन नपाउने भएका हुन् ।

त्यसैगरी सचिव खनाल अवकाश भएपछि अर्थसचिवका लागि राजश्व सचिव शिशिर ढुंगाना शसक्त दावेदारका रुपमा देखिएका छन् भने कतिपयले राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याललाई बनाउने चर्चा चल्दै आएको छ ।

त्यस्तै अहिले प्रदेश प्रमुख सचिवका रुपमा कार्यरत तोयम राय र पुडासैनी राजश्व सचिव हुनको लागि दौडधूप गरेका छन् ।

यसरी रिक्त रहेको सचिव पदका लागि लोकसेवा आयोगको बढुवा सिफारिस समितिले एक बराबर तीन जनाको नाम सिफारिस गर्नेछ भने त्यही मध्येबाट मन्त्रीपरिषदले एकजनालाई सचिवमा बढुवा गर्ने व्यवस्था छ ।सभार nepaltop

प्रतिक्रिया दिनुहोस