आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्राफिक ब्यवस्थापनमा सबैको सहकार्य आवश्यक : ट्राफिक प्रहरी उपरिक्षक महतो

AuthorAP Khabar२०७६ माघ १४, मंगलबार (४ साल अघि) ३२४ पाठक संख्या

एपी खबर
जीतपुर : प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक श्यामकुमार महतोले ट्राफिक ब्यवस्थापनमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजना गरेको जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रदेश नम्बर २ मा पछिलो समय बढ्दै गएको सवारी दुर्घटना र त्यसबाट भएको मानविय क्षतीलाई न्युनिकरण गर्ने उद्धेश्य सहित प्रदेशको ८ ओटै जील्लामा अभियानको रुपमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरीएको ट्राफिक प्रहरी उपरिक्षक महतोले जानकारी दिनुभयो ।
उहाँले प्रदेश नम्बर २ कै धेरै दुर्घटना हुने जील्लाको रुपमा बारा जील्ला रहेको बताउदै दुर्घटनामा आफ्नौ परिवारको कोहि पर्न सक्ने भन्दै नेपाल प्रहरीका साथै सबैको साझा प्रयासले मात्र दुर्घटना गर्न सकिने जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नेपाल प्रहरीले समाजमा शान्ति ब्यवस्थाका साथै कानुन कार्यन्वयनमा जोड दिएकोले सबैलाई कानुन बमोजीम काम गर्न आग्रह गर्नुभयो ।
जील्ला ट्राफिक प्रहरी बाराको सहयोग तथा ट्राफिक प्रहरी पोष्ट जीतपुरको आयोजनामा आयोजीत यस जनचेतना कार्यक्रममा ट्राफिक प्रहरीले ट्राफिक नियमसंग सम्बन्धित विभिन्न जानकारी मुलक श्रब्यदृश्यहरु प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सावरी साधन प्रहयोग गर्ने एक सय भन्दा बढिको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो । प्रहरीले अभियानको रुपमा संचालित यस कार्यक्रमलाई मंगलबार बाराको पथलैया, अम्लेखगंज र जीतपुरका आयोजना गरेको छ भने बुधवारबाट प्रदेशका अन्य जील्लामा आयोजना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस