आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बुर्किनमा नरसंहार : पुरुषको छोपीछोपी हत्या, महिलालाई लखेटियो

AuthorAP Khabar२०७६ माघ १६, बिहिबार (४ साल अघि) ४१३ पाठक संख्या

माघ १६ बुर्किन ।

फासोको उत्तरी क्षेत्रमा नरसंहार भइरहेको छ । जिहादीहरुले एउटा गाउँमा गरेको आक्रमणमा नरसंहार भएको हो ।

पुरुषलाई छोपीछोपी हत्या गरिएको छ । महिलालाई लखेटिएको छ ।महिलालाई गाउँ छोड्न आदेश समेत दिइएको छ ।

नरसंहारका अहिलेसम्म ३९ जना भन्दा बढी मारिएको पुष्टि भएको छ । मारिने संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार ५० भन्दा बढीको मृत्यु भएको दाबी गरिएकाे छ तर त्यसकाे पुष्टि भने भएकाे छैन ।

सरकारका प्रवक्ताले सुरक्षाकर्मीले त्यस क्षेत्रमा कारबाही अभियान चलाएको बताएका छन् ।

विद्रोहीले अत्यन्त दर्दनाक आक्रमण गरेको सरकारका प्रवक्ता रेमिस फुल्गान्सले जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशको उत्तरी सौम प्रान्तमा घटना भएको हो ।

घटनास्थल छिमेकीमुलुक मालीसँगको सीमा क्षेत्रमा पर्छ । आक्रमणकारीहरुले गाउँका पुरुषलाई छोपीछोपी हत्या गरेको र महिलालाई गाउँ छाड्न आदेश दिएको स्थानीयबासीले बताएका छन् ।

जिहादीका कारण बुर्किन फासोमा अहिलेसम्म ८ सय भन्दा बढी नागरिकको हत्या भएको छ । ६ लाख भन्दा बढी विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस