आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विराटनगर जुटमिलबाट ५ करोडकाे मेशिन चोरी

AuthorAP Khabar२०७६ माघ १६, बिहिबार (४ साल अघि) ४१४ पाठक संख्या
माघ १६ काठमाडौं । मुलुककै पुरानो उद्योग विराटनगर जुटमिलबाट करिब ५ करोड रुपैयाँका मेशिन र पार्टपुर्जा चोरी भएको रहस्य खुलेको छ ।

विभिन्न समयमा मिलका मेशिनरी पार्टपुर्जा बेचबिखन भएको र भएकै पार्टपुर्जा पनि कम मूल्यांकन गरेर बेच्न लागिएको भन्दै छानविनको लागि आयोगमा उजुरी पर्यो । त्यसपछि आयोग आफैले मेशिनरी, पार्टपुर्जा, छानविनका लागि मेकानिकल इन्जिनियर नियुक्त गर्यो ।

इन्जिनियरले मेशिनरीको वर्तमान अवस्था अध्ययन गरी मेशिनरीबाट झिकिएका वा नभएका पार्टपुर्जाको विवरण तयारी गरी मूल्यांकनसहितको प्रतिवेदन तयार पारेको छ । मिलमा ५ करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको पाटर््स्पुर्जा नरहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । नयाँ पत्रिका दैनिकले छोपेको छ ।

प्रतिक्रिया दिनुहोस