आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपामा दुई बरिष्ठ नेता: बामदेवलाई तीन जिम्मेवारी, माधव नेपाल दंग

AuthorAP Khabar२०७६ माघ १६, बिहिबार (४ साल अघि) ४१६ पाठक संख्या

माघ १६ काठमाडौं : दुई अध्यक्ष रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा अब बरिष्ठ नेता पनि दुईजना रहने भएका छन् ।

यसअघि एकजना मात्र बरिष्ठ नेता रहँदै आएकोमा जारी केन्द्रीय समितिको बैठकमा महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संसोधनको प्रस्तावमा अब दुईजना बरिष्ठ नेताको ब्यवस्था गरिएको छ ।

संशोधित विधानको धारा १८(३) १ मा साविक ब्यवस्थाको सट्टा ‘दुई अध्यक्ष, दुई बरिष्ठ नेता, एक उपाध्यक्ष, एक प्रवक्ता र ए महासचिव सहित ४४१ सदस्यीय कमिटी’ भन्ने उल्लेख गरिएको छ ।

यो संसोधित विधान पास भएमा यसअघि झलनाथ खनाल मात्र बरिष्ठ नेता रहँदै आएकोमा अब माधव नेपाल पनि बरिष्ठ नेता हुने ढोका खुल्नेछ ।

पार्टी एकीकरणको शुरुमा मर्यादाक्रममा खनाललाई तल झार्दै नेपाललाई बरिष्ठ नेता तोकिएको थियो । तर तत्कालिन नेकपा एमालेका निवर्तमान अध्यक्ष रहेका खनालले आपत्ति जनाएपछि खनाललाई बरिष्ठ बनाउँदै नेपाललाई तल झारिएको थियो ।

यसपछि नेपाल नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । अब नेपाललाई पनि बरिष्ठ नेताका रुपमा सम्बोधन गर्ने बाटो खुल्न पुगेको छ । यसबाट नेपाल खुसी देखिएका छन् ।

उता उपाध्यक्षमा प्रस्तावित नेता बामदेव गौतमलाई विधान संसोधन गरेर उपाध्यक्ष बनाई तीनवटा जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।

संसोधित विधानको धारा १८को (घ) १ मा उपाध्यक्षको ब्यवस्था गर्दै धारा १८ को (झ) पछि ‘(ञ) उपाध्यक्षको अधिकार र कर्तव्य देहायबमोजिम हुनेछन्ः १, अध्यक्षको अनुपस्थिितिमा अध्यक्षको अधिकार र कर्तव्यको प्रयोग र पालना गर्ने, २. अध्यक्षलाई सघाउने,३. केन्द्रीय कमिटीले तोकेका अन्य काम गर्ने’ प्रस्ताव थप गरिएको छ ।सभार nepaltop

प्रतिक्रिया दिनुहोस