आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

किसानको हितका लागि विभिन्न प्रस्ताव पारित गर्दै कलैयाको भेला सम्पन्न

AuthorAP Khabar२०७६ माघ १८, शनिबार (४ साल अघि) ६५९ पाठक संख्या

बारा : जिल्लाको कृषि क्षेत्रमा रहेका समस्या र समाधानका उपाय विषयक अन्तरक्रियात्मक भेला तथा गोष्ठीआज बाराको कलैयामा सम्पन्न भएको छ । भेलाले विभिन्न प्रस्तावहरु समेत पारित गरिएको छ ।

भेलाले माछा पालनमा देखिएको समस्या र त्यसको प्रशोधन का लागि सरकारले व्यवस्था गर्नुपर्ने, त्यसैगरी मत्स्य विकास कार्यालय बारामा स्थापना गर्नुका साथै सुपर जोन कार्यक्रम व्यवस्थित रूपमा अगाडि बढाउने योजना ल्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । उखु किसानले रोपेको समय देखि करसिङ र भुक्तानी सम्मका सबै समस्या समाधान गर्नको लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ।

त्यसैगरी कृषकहरुका लागि समयमै उन्नत जातको बीउ र मल उपलब्ध गराउनका साथै भण्डारण र बजारीकरणको व्यवस्था गर्न माग गर्ने प्रस्ताव पारित गरेको छ । तरकारी,धान तथा आलु र प्याज उत्पादनमा आउने समस्या र आधुनिक कृषि प्रणालीलाई व्यवस्थित गर्नुका साथै कृषिक्षेत्रलाई समृद्ध बनाउने योजना ल्याउन सरकारसँग माग गरिने पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

शहिद मुखलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल किसान महासंघ नेपालको संयुक्त आयोजनामा सम्पन्न भेलाले पारित गरेको प्रस्ताव नेपाल सरकारका कार्यानयन गर्न आग्रह गरिने नेकपाका नेता एवं प्रतिष्ठानका सदस्य मनोज पौडेलले बताउनुभयो ।

अखिल नेपाल किसान महासंघ नेपालका प्रदेश अध्यक्ष प्रेम बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल,प्रदेश सभाका सदस्य सुन्दर बि क सिता गुरुङ, संविधानसभाका सदस्य जयराम दाहाल,किसान नेता हरु छबिलाल उप्रेती जितेन्द्र तिबारि ढुण्डीराज उप्रेती ध्रुव यादव गोपीकृष्ण खतिवडा मधुसुदन अधिकारी जङ्गबहादुरशाह लगायतले कार्यक्रममा जिल्ला कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव र सिरिस भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो कार्यपत्र उपर विकासविद् द्वारा दवारीका उप्रेती र समाजशास्त्री बिरेन्द्र शाहले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको संचालन जवाहिर अन्सारीले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस