आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरीद्धारा कोरोना भाईरस बिरुद्ध सचेतना कार्यक्रम

AuthorAP Khabar२०७६ माघ १८, शनिबार (४ साल अघि) ५८० पाठक संख्या

कलैया : जील्ला प्रहरी कार्यालय बाराले कारोना भाइरस बिरुद्ध बृहद सचेतना कार्यक्रम सम्पन्न गरेको छ । चिनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिश्व समुदायमा स्वास्थ्य आपतकल घोषणा भइसकेको अवस्थामा बारा प्रहरीले जिल्लाका नागरीकलाई यसप्रति सचेत बनाउन कलैया उपमहानगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा जिल्ला अस्पताल कलैयाका डाक्टर प्रेमशंकर चौरसीयाले कोरोना भाइरस, बिश्वमा वर्तमान समयमा यसको अवस्था, लक्षण र बच्ने उपायका बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक बिकासराज खनालको अध्यक्षता तथा कलैया उपमहानगरका प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत जिल्लास्थित सुरक्षा निकायका साथै सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, नागरीक समाज एवं महिला सञ्चालनका प्रमुख, बिद्यार्थी, सञ्चारकर्मी, स्थानीयबासी गरी ६ सय भन्दा बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस