आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओलीकाे प्रतिबद्धता – पार्टी बैठकका निर्णय अक्षरश: पालना गरिनेछ

AuthorAP Khabar२०७६ माघ १९, आईतबार (४ साल अघि) ३९७ पाठक संख्या
माघ १९ काठमाडौं

प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका निर्देशनहरु सरकारले अक्षरश: पालना गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले वैचारिक कामलाई प्राथमिकता दिने बताउनुहुँदै पार्टी स्कूल विभागलाई व्यवस्थित गरिने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको नीति बमोजिम धमाधम भ्रष्टचारीहरु पक्राउ पर्न थालेकोले भ्रष्टाचार बढेको जस्तो देखिए पनि घटिरहेकाे अध्यक्ष ओलीको भनाइ छ ।

जारी केन्द्रीय कमिटीको बैठकमा आफ्नो मन्तव्यका क्रममा अध्यक्ष ओलीले पार्टीमा कुनै गुटबन्दी नभएको जिकिर गर्नुहुँदै जनचाहना अनुसार पार्टी एकजुट भएर अघि बढ्ने उल्लेख गर्नुभयो ।

ओलीले तीन महिने पार्टी अभियानमा लाग्न  सबै नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।

अध्यक्ष ओलीको सम्बोधनसँगै माघ १५ देखि शुरु भएको पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको छ ।सभार जनता समचार

प्रतिक्रिया दिनुहोस