आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इन्डोनेसियामा सुनामी, कम्तीमा ४३ को ज्यान गयो

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ३८४ पाठक संख्या

काठमाडौं , पुष ८ : इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीमा परी कम्तीमा ४३ जनाको ज्यान गएको छ । ५८४ जना घाइते भएका छन् भने केही हराइरहेका छन् ।

इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा सुनामी आएको हो ।

हराइरहेका तथा घाइतेको संख्या धेरै भएकाले मृत्युको संख्या बढ्न सक्ने अनुमान त्यहाँको विपद् व्यवस्थापन एजेन्सीले गरेको छ ।

विपद् व्यवस्थापन एजेन्सीका अनुसार, सुनामीबाट दुई जना हराइरहेका छन् । सयौं घरहरु भत्किएका छन् ।

सुनामीले सबैभन्दा धेरै पांडेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुर्‍याएको सरकारी अधिकारीहरुले बताएका छन् । विपद् व्यवस्थापन प्रमुखले सार्वजनिक गरेका तस्वीरहरुमा शहर पानीमा डुबेको देखिन्छ ।

क्राकाटोआ नामक ज्वालामुखी विस्फोटपछि समुद्रमुनि गएको पहिरोले सुनामी आएको हुनसक्ने अनुमान छ ।

इन्डोनेसिया ज्वालामुखी विस्फोट तथा भूकम्पको चपेटामा पर्दै आइरहेको छ । गत सेप्टेम्बरमा मात्रै भूकम्पपछि आएको सुनामीमा परी त्यहाँ २ हजारले ज्यान गुमाएका थिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस