आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाले कोरोना भाइरसबारे भ्रम छर्दै त्रसित पारेको चीनको आरोप

AuthorAP Khabar२०७६ माघ २०, सोमबार (४ साल अघि) ४१४ पाठक संख्या

माघ २० एजेन्सी।

चीनले कोरोना भाइरसबारे अमेरिकाले विश्वका जनतालाई भ्रम छर्दै त्रसित पारेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता हु चुन्यिङले अमेरिकी कदमले सहयोग भन्दा पनि डर उत्पन्न गर्न मद्दत हुने बताएका हुन् ।

सोमबार पत्रकार सम्मेलनमा प्रवक्ता चुन्यिङले सहयोग गर्नुको साटो अमेरिकाले आतंक मात्र बढाउने काम गरेको बताइन् ।

उनले भनेकी छन् कि चीन भ्रमण गर्नेलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने र आंशिक रुपमा दूतावासका कर्मचारी फिर्ता गर्ने अमेरिका पहिलो देश हो ।

अमेरिकाले हालै दुईहप्ता अघि चीन भ्रमणमा गएकालाई अमेरिका प्रवेशमा रोक लगाएको र जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

चीनमा १७ हजारलाई संक्रमण र ३६१ जना संक्रमितले ज्यान गुमाएको बताइएको छ । फिलिपिन्समा एकजना संक्रमितको ज्यान गइसकेको छ भने विश्वभर १५० जनालाई संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस