आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाभाइरस सङ्क्रमणको आशङ्कामा बुबालाई अलग्गै राखिएपछि एक किशोरको मृत्यु

AuthorAP Khabar२०७६ माघ २१, मंगलबार (४ साल अघि) ४२० पाठक संख्या

माघ २१ एजेन्सी

 बुबालाई कोरोनाभाइरस सङ्क्रमणको आशङ्कामा छोरासँगबाट अलग्ग्याइएपछि ती छोराको मृत्यु भएको छ । बुबा र भाइबाट छुट्याएर एक्लै राखिएका १६ वर्षीय यान चेङ सेरब्रल पोल्जी अर्थात् मस्तिष्कको पक्षाघातबाट ग्रसित थिए ।

अपाङ्गता भएका ती  किशोरको स्याहारसुसार गर्ने अरू कोही थिएनन् । उनलाई बुबाबाट छुट्याइएको एक सातापछि गत बुधवार मृतावस्थामा फेला पारिएको थियो । सो अवधिमा उनलाई दिनमा दुई चोटि मात्र खुवाइएको बताइएको छ ।

ती किशोरको मृत्यु भएपछि दुई अधिकारीलाई पदमुक्त गरिएको छ । कारबाहीमा पर्नेमा चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आफूलाई यान चेङछोबाट छुट्याइएपछि उनका बुबाले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल वेबोमा सहयोगको याचना गर्दै लेखेका थिए । उनका अनुसार यान चेङलाई खानेकुरा र पानीबिना एक्लै छोडिएको थियो ।

यान चेङबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ । उनीहरु कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तका बासिन्दा हुन् । सेरब्रल पोल्जी बाल्यकालदेखि नै देखिन्छ ।

उक्त परिस्थिति भएका मानिसमा हिँडडुल र शारीरिक समन्वयको समस्या हुन्छ। केही पीडित व्यक्तिमा गम्भीर खालको अपाङ्गता पनि हुन्छ ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि चीनमा कम्तीमा ४२५ जनाको मृत्यु भइसकेको छ भने २० हजार जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ ।

चीनबाहिर विभिन्न देशमा पनि सङ्क्रमित व्यक्तिहरू फेला परेका छन्। तर ती देशमा अहिलेसम्म फिलिपिन्समा एक जनाबाहेक अरूको मृत्यु भएको छैन ।

विश्व स्वास्थ्य सङ्गगठनले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस