आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेम र आयुष्माको ‘प्रेम संसार’

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ६४६ पाठक संख्या

काठमाडौं , पुष ८ :  चलचित्र ‘देश परदेश’ निर्माण गर्दा गर्दै विचमै विभिन्न कारणले रोकिएपछि निर्माता तथा कलाकार प्रेम सोनी नयाँ चलचित्र निर्माणमा जुटेका छन् । उनले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘प्रेम संसार’ राखिएको छ । सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रको काठमाण्डौको भद्रकाली मन्दिरमा शुभसाइत गरिएको छ ।

चलचित्रमा कलाकारहरु प्रेम सोनी, मोनिका दाहाल र आयुष्मा कार्कीले मुहुर्त सर्ट दिएका थिए । सोनी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई प्रेमबहादुर सुनार र कमल सुनारले बनाउँदैछन् ।

प्रेम सोनीको कथा, शंकर महर्जनको एकसन, रामचन्द्र गौतमको पटकथा तथा संवाद, दिपेन बस्नेतको छायांकन, प्रेम शर्माको सम्पादन रहने चलचित्रमा एकिन्द्र सारा शंकरको नृत्य रहनेछ । यो चलचित्रलाई काठमाण्डौ, पोखरा, पर्वत, चितवन, स्याङ्जा लगायतका स्थानमा खिचिनेछ ।

चलचित्रमा प्रेम सोनी, मोनिका दाहाल, आयुष्मा कार्कीको साथमा विविशा पाण्डे, सोभित बस्नेत, उत्तम केसी, रामचन्द्र अधिकारी, सुरविर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । पौष १२ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई राम गौतमले निर्देशन गर्दैैछन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस