आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडाध्यक्ष हत्या प्रकरण : ७ जना पक्राउ, विनायक तनावग्रस्त

AuthorAP Khabar२०७६ माघ २२, बुधबार (४ साल अघि) २७२ पाठक संख्या

माघ २२ अछाम

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको हत्या अनुसन्धानका लागि प्रहरीले सात जनालाई पक्राउ गरेको छ । २० गते राति धामीसँगै रहेका सात जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

धामीको सोमबार राति घर नजिकै हत्या भएको थियो । हत्यारा पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान टोली बुधबार बिहान घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै बुधबार बिहानदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्तले अनुसन्धानमा ढिलाइ गरेको भन्दै चक्काजाम र प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण विनायक क्षेत्रमा सवारी आवगमन बन्द भएको छ ।

धामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । धामी वडाध्यक्ष हुनुअघि शिक्षण पेशामा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस