आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीद्धारा फाइनलको यात्रा सुरक्षित

AuthorAP Khabar२०७६ माघ २२, बुधबार (४ साल अघि) १२७८ पाठक संख्या

वीरगन्ज :  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।

वीरगञ्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गगत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ । आदर्शनगर रंगशालामा भएको महोतरी र सप्तरीे पहिले समिफाइनल खेलमा पहिलो हाफको ३३ औं मिनेटमा महोतरीका मन्जित आले सोसाईट गोल गरेका थिए ।

सोसाईट गोल लगतै महोतरीका सनम आले ३३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफसम्म एक–एकको बराबरी भएको खेलमा दोस्रो हाफमा सप्तरी एक गोल थप्दै फाइनल यात्रा सुरक्षित गरेको छ । सुसिल यादलले खेलको ६३ औँ मिनेटमा गोल गर्दै सप्तरीकोे जित सुनिश्चित गरेका थिए।

खेलमा म्यान अफ दी म्याच सप्तरीका सुसिल यादल भएका छन् । माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका छन् । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल दिनेछ ।

जिपी कोइराला फाउण्डेशनले आयोजनामा भइरहेको प्रतियोगताको पहिलो सेमिफाइनलमा सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ । दोस्रो समिफाइनलमा धनुषा र बारा भोली बिहीबार खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस