आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरसबाट जोगिन ‘मास्क’ र ‘नमस्ते’

AuthorAP Khabar२०७६ माघ २३, बिहिबार (४ साल अघि) ३०७ पाठक संख्या

सप्तरी : चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा पनि भेटिएपछि सचेत रहन आग्रह गर्दै राजविराज जेसीजले आज चेतनामूलक ¥याली निकालेको छ ।

राजविराजस्थित महादेव मन्दिरबाट चेतनामूलक सन्देशसहित निक्लिएको ज्ुलुसले नगर परिक्रमा गर्दै मुख्य चोकहरुमा कोणसभा गरेको छ । जुलुसमा सहभागी युवाहरुले कोरोना भाइरस संक्रमणका लक्षण, संक्रमण सर्ने प्रकृया र बच्ने उपायका बारेमा प्रचारप्रसार गरेका छन् ।
चेतनामूलक ¥यालीसँगै राजविराज जेसीजले जनहितका लागि जारी सन्देशमूलक व्यानरहरु शहरको भिंड हुने चोकहरुमा झुण्ड्याएका छन् ।

मानिसको बढी आवतजावत हुने बसपार्क, विमानस्थल, सिनेमा हल, सपिङ मल, हटिया, बजार, विभिन्न कार्यालय लगायतका स्थानमा जाँदा अनिवार्य माक्स लगाउन आग्रह गर्दै माक्स वितरण समेत गरिएको राजविराज जेसीजका कोषाध्यक्ष सिद्धार्थ तातेडले जानकारी दिनु भयो ।

कसैसँग हात मिलाउनु भन्दा टाढैबाट नमस्ते गर्दा राम्रो हुने भन्दै मास्क लगाएर जुलुसमा सहभागिहरुले नमस्ते गरेर नै ¥याली निकालेका छन् ।

राजविराजको गजेन्द्र चोक, सहिद दशन चोक, महादेव मन्दिरलगायतमा भएको कोण सभामा राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, महासचिव खेलानन्द दास, तालिम संयोजक रबी राय, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटाले राम्रोसँग साबुन पानीले हात धुन, घरमा रहँदा तथा बाहिर जाँदा माक्सको प्रयोग गर्न, ज्वरो आउने र घाँटी दुख्ने भएमा तुरुन्त अस्पताल जान, रुघाखोकी ज्वरो आएको व्यक्तिबाट टाढा रहन आग्रह गर्नुभयो ।

कोरोना भाइरसको संक्रमण भएमा १०४ भन्दा बढी ज्वरो आउने, रुघाखोकी लाग्ने घाँटी र टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिने चिकित्सकले जनाएका छन् ।

अहिले नेपाल मात्र होइन, विश्व नै ‘कोरोना फोबिया’को सन्त्रासमा छ । सार्वजानिक बस होस् या चिया पसलमा होस, चर्चा कोरोनाकै छ । चीनको वुहान शहरमा केन्द्रबिन्दु रहेको कोरोना भाइरसको कम्प परकम्पले अहिले विश्वको सुदूरपश्चिमका देशमा समेत हलचल मच्चाएको छ ।

कोरोना संक्रमण हुन संक्रमित क्षेत्रको हुनुपर्छ वा कोरोना प्रभावित क्षेत्रमा बसोबास गरेर आएको मानिस संगतमा हुनुपर्छ । अहिले देखा परेको नयाँ प्रकारको कोरोना भाइरसबारे विश्वभरका भाइरोलोजिस्टहरु अध्ययनका क्रममा छन् ।

सिभियर अक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) भाइरसका कारण सन् २००१ मा ७७४ जनाको मृत्यु भएको थियो भने ८ हजार ९८ जना यसबाट संक्रमित भएका थिए । तर कोरोनालाई सार्स जत्ति हानिकारक भाइरस मानिएको छैन । किनकि, विश्व स्वास्थ्य संगठनले कोरोना लागेका र मृत्यु भएकाको अनुपात ४ प्रतिशत भएको बताएको छ । तथापि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकट घोषणा गरेकोले कोरोना भाइरसबारे व्यापक प्रचार प्रसारको आवश्यक्ता रहेको राजविराज जेसीजका अध्यक्ष कटवालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस