आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गच्छदार सांसदबाट निलम्बित

AuthorAP Khabar२०७६ माघ २३, बिहिबार (४ साल अघि) ७४४ पाठक संख्या

माघ २३ काठमाडौं ।

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि ललिता निवास जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपेयाँ बराबरकाे हिनामिना गरेको अभियाेग लागेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा गच्छदारसँग उल्लेखित रकम असुलसहित  कारबाही माग  गरेको छ ।

गच्छदार उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री रहेको बेला ललिता निवास प्रकरुणमा मुछिनुभएको हो ।

अख्तियारले बुधबार बिशेष अदालतमा दायर गरेको मुद्दामा गच्छदार ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो तोकिएको छ । कांग्रेसका भावशाली नेता गच्छदारलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन २०४९ को दफा ८ को उपदफा १ को खण्ड ज र त्यही ऐनको दफा १७ अनुसार कारबाही माग गरेको छ ।

देहाय बमोजिम भ्रष्टार मुद्दासँगैसांसदबाट निलम्बित हुनुभएको छ ।

अख्तियार मुद्दा दायर गरेपछि उहाँ प्रतिनिधिसभा सदस्यबाट स्वत निलम्बित भइसक्नुभएको छ । अख्तियारले बिशेष अदालतमा मुद्दा दर्ता गरेका व्यक्ति पदबाट स्वत निलम्बन हुने व्यवस्था छ ।

पूर्व उपप्रधानमन्त्री गच्छदार २०७४ सालको संघीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

कांग्रेसबाट उम्मेदवार बन्नुभएका गच्छदार नेकपा एमालेकी भगवती चौधरीलाई ३सय २१ को मतान्तरले पराजित गरेर प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । गच्छदारले ३८,९७२ मत प्राप्त गर्नुभएको थियो ।

उहााको निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८,६५१ मत पाउनुभएको थियो ।

गच्छदार सांसदमा निर्वाचित भएको २ वर्षमा पदबाट निलम्बित हुनुभएकने हो । मुद्दा अन्तिम किनारा नलागेसम्म उहाँ अब सांसदको हैसियतमा संसदमा जान पाउनुहुने छैन ।

भ्रष्टाचारमा भ्रष्टाचारी ठहर भए उहाको राजनीतिक जीवन नै समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस