आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१४४ प्रहरी अधिकृतको बढुवा पछाडि धकेलियो

AuthorAP Khabar२०७६ माघ २३, बिहिबार (४ साल अघि) ५८८ पाठक संख्या

माघ २३ काठमाडौं ।

नेपाल प्रहरीभित्र समयमै प्रक्रिया अघि नबढ्दा १ सय ४४ भन्दा बढी प्रहरी अधिकृतको  बढुवा पछाडि धकेलिएकाे छ ।

नेपाल प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मको ठूलो संख्यामा दरबन्दी खाली भए पनि गृहमन्त्रालय अन्तरगतको बढुवा समितिको बैठक बस्न नसकेको कारण प्रहरी अधिकृतको वृति विकास अन्तरगतकाे बढुवा अन्याेलमा परेको हो ।

बढुवा समितिको बैठकमा गृहसचिव अनिवार्य हुन्छ । तर तत्कालीन गृहसचिव प्रेमकुमार राई अवकाश हुनुअघि विदेश भ्रमणमा गएकाले बढुवा समितिको बैठक बस्न सकेको थिएन ।

राइले राजीनामा दिएपछि अहिले गृहसचिवमा महेश्वर न्यौपाने आउनुभएको छ । तर बढुवा समितिको बैठक तत्कालै बस्ने अवस्था छैन ।

समितिको बैठक बस्न अझै एक साता लाग्ने संभावना छ । नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस