आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

AuthorAP Khabar२०७६ माघ २३, बिहिबार (४ साल अघि) ९६९ पाठक संख्या

माघ २३ काठमाडौँ,

कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बल्खुबाट स्वयम्भुतिर जाँदै गरेको प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको टिपर बुधबार राति अन्डरपासमा ठोकिएका हुन् ।

ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीका अनुसार टिपरको ठक्करबाट  मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी घाइते भएका थिए ।

उनीहरूको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राति पौने २ बजे मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने टिपरको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस