आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ललिता निवास प्रकरणका दोषीबाट ६ अर्ब असुल्न माग

AuthorAP Khabar२०७६ माघ २३, बिहिबार (४ साल अघि) २६० पाठक संख्या

माघ २३ काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुटारस्थित ललिता निवासको जग्गा हिनामिना  प्रकरणका दोषीबाट करिब ६ अर्ब रुपैयाँ असुल्न माग गरेको छ ।

अख्तियारले जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका साथै पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, छविराज पन्त र चन्द्रदेव जोशीसहित १७५ जनालाई दोषी ठहर गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा उनीहरुबाट तोकिएको बिगो असुल गरी कारबाही माग गरिएको छ । गच्छदार, श्रेष्ठ, र पन्तबाट जनही ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ असुल्न माग गरिएको छ ।

जग्गा हिनामिना प्रकरणमा सक्रिय तथा संलग्नहरु मध्ये सबैभन्दा बढी बिगो रामकृष्ण सुवेदीलाई तोकिएको छ । अख्तियारले सुवेदीसँग ५२ करोड ५१ लाख ४० हजार रुपैयाँ असुल्न माग गरेको छ ।

जग्गा प्रकरणमा निकै चर्चामा रहेका शोभाकान्त ढकाललाई ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो तोकिएको छ ।

जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङसमेत मुछिएका छन् । गुरुङलाई पनि ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो तोकिएको छ ।

जग्गा प्रकरणमा डिल्लीबजार मालपोतका अधिकृत, सुब्बा र खरिदारहरुले समेत अकुत कुम्ल्याएको हुन सक्ने अख्तियारको ठहर छ ।

अख्तियारले मालपोत अधिकृतहरु हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्णप्रसाद पौडेल र टंक पौडेललाई जनही ३२ करोड १९ लाख बिगो तोकेको छ ।

प्रतिक्रिया दिनुहोस