आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेविसंघको महाधिवेशन सर्ने !

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ३६६ पाठक संख्या

काठमाडौं , पुष ८ :  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन सर्ने स्थिति देखिएको छ । पुस २८ देखि ३० गतेको तोकिएको महाधिवेशन पाटीको महासमिति बैठकको कारण सर्ने संभावना बढेको हो ।

महासमिति बैठकले नेविसंघको महाधिवेशन प्रभावित भएको छ ।  महाधिवेशनको लागि स्थानीय तह, निर्वाचनक्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन टुंगिनुपर्छ । तर नेविसंघको यी कुनै पनि क्षेत्रको अधिवेशन सकिएको छैन । तल्लो तहको अधिवेशन नभएकै कारण महाधिवेशन सर्ने अवस्था देखिएको हो ।

नेविसंघ महाधिवेशनको लागि मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्चमध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने सक्ने जनाएको थियो । मंसिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने र पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन सक्ने उल्लेख गरेको थियो । पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने तथा पुस २० सम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने नेविसंघको महाधिवेशन कार्यतालिका छ । तर पुसकाे पहिलो साताभित्र सक्ने भनिएको अधिवेशन सबै सम्पन्न भएको छैन ।

अध्यक्ष महरले पार्टीका नेताहरू महासमिति बैठकमा कारण गाउँ, वडा तथा जिल्ला अधिवेशन गर्न ढिलाइ भएको बताउनुभयो । महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता वितरण गरिसकेको उहाँको भनाइ छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस