आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनेरास्ववियू नवलपरासीमा विवाद उत्पन्न

AuthorAP Khabar२०७६ माघ २३, बिहिबार (४ साल अघि) १७५३ पाठक संख्या

माघ २३ नवलपरासी । नेपाल कम्युनिष्ट पाटि (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू नवलपरासीमा विवाद देखिएको छ ।

साबिक अनेरास्ववियूको जिल्ला सह संयोजक, जिल्लामा निर्वाचित एक मात्र स्ववियु सभापति लगायतका नेताहरुलाई चरम आग्रह पुर्वाग्रह राखेर जिल्ला कमिटीबाट नाम हटाउने र साबिकको जिल्ला कमिटीमा कुनै सरसल्लाह नगरि कमिटी निमार्ण गरिएको आरोप बिज्ञप्तीमा लगाईएको छ ।

बिज्ञप्तीमा भनिएको छ : नेपाली बिद्यार्थी आन्दोलनका दुई शसक्त संगठन एक भई बनेको अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी यूनियन (अनेरास्ववियू) नवलपरासीको आज भएको भनिएको एकता घोषणा प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

खासगरि साबिक अनेरास्ववियूको तर्फबाट छानिएका नामहरु हेर्दा आश्चर्य लागेको छ । बिद्यार्थी आन्दोलनमा हरपल कृयाशिल हुदाहुदैं साबिक अनेरास्ववियूको जिल्ला सह संयोजक, जिल्लामा निर्वा्चित एक मात्र स्ववियु सभापति लगायतका साथिहरुलाई चरम आग्रह पुर्वाग्रह राखेर जिल्ला कमिटीबाट नाम हटाउने र साबिकको जिल्ला कमिटीमा कुनै सरसल्लाह नगर्ने जस्तो प्रबृती तुरुन्त सच्चाउन आग्रह गर्दछौ । बेलैमा यस किसिमको हरकत नसच्चाए उत्पन्न हुने परिस्थितिको जिम्मेबार स्वंयम संयोजक हुनु पर्नेछ ।

स्ववियु निर्वाचनको संघारमा संगठनमा यस किसिमको बिवाद र किचलो ल्याएर कसको डिजाइन कुन संगठनलाइ फाइदा हुने काम गरिदैछ भन्ने गम्भिर प्रश्न खडा भएको छ ।

साथै जिल्लामा भएको यस किसिमको अराजकता लाई बेलैमा ध्यान पुर्याउन र छुटो भन्दा छिटो समस्या समाधानमा पहलकदमी लिन नेकपा पार्टी जिल्ला कमिटी र अनेरास्ववियू केन्द्रीय कमिटी सँग हार्दिक अपिल समेत गर्दछौ ।

प्रतिक्रिया दिनुहोस