आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको अन्तर्राष्ट्रिय सम्बन्ध दुर्घटनातर्फ

AuthorAP Khabar२०७६ माघ २४, शुक्रबार (४ साल अघि) ३७८ पाठक संख्या
माघ २४ काठमाडौं ।
दुई तिहाई सरकारका प्रधानमन्त्री केपी ओलीलाई दलभित्र कुनै पनि निर्णय अनुमोदन गराउन हम्मेहम्मे पर्न थालेको छ ।
अमेरिकी सहयोग मिलिनिम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गराउन प्रधानमन्त्रीले सामना गर्नुपरेको कठिनाइ पछिल्लो उदाहरण हो ।

एमसिसी पारित हुन ढिलाइका कारण प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय छवि धमिलिने अवस्था आएको छ । कार्यकारी प्रमुखको अन्तर्राष्ट्रिय छवि धुमिल हुनु मुलुकको लागि अन्य अवयव पनि संकटमा पर्नु हो ।

गत वर्ष यही समयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका शासक निकोलस मडुरोको समर्थनमा मन्तव्य जारी गर्दा प्रधानमन्त्री ओली स्विजरल्याण्डमा हुनुहुन्थ्यो ।

फर्केपछि त्यसको खण्डन गर्नुपरेको थियो ।  ओलीले परराष्ट्रमार्फत आधिकारिक धारण दिएर अमेरिकीसँगको चिसिँदो सम्बन्ध मत्थर पानुभएको थियो । दाहालले मडुरोको समर्थनमा वक्तव्य जारी गरेपछि अमेरिका रुष्ट बनेको थियो ।

एमसिसी विवाद समाधान गर्न संसदबाट अनुमोदन गर्नुपर्ने जिम्मेवारी ओलीको काँधमा छ । पार्टीभित्रका शक्ति–संघर्षमा प्रधानमन्त्री ओली कमजोर देखिन थाल्नुभएको छ ।

ओलीले एमसिसीमा तत्कालीन सभामुख कृष्णबहादुर महराको साथ पाउनु भएको थिएन । उहाँलाई सभामुख अग्नि सापकोटाको साथ पाउन पनि सहज छैन । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस