आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई प्रहरी घुससहित पक्राउ

AuthorAP Khabar२०७६ माघ २५, शनिबार (४ साल अघि) ११४६ पाठक संख्या

माघ २५ काठमाडौं । दुई प्रहरी घुससहित पक्राउ परेका छ्न् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइरहेको अवस्थामा शुक्रबार बुटवलको छुट्टाछुट्टै स्थानबाट २ जना प्रहरीलाई पक्राउ गरेको हो ।

अख्तियार टोलीले बुटवलको रामनगर बिटमा कार्यरत ट्राफिक असई सूर्यबहादुर अधिकारीलाई पक्राउ गरेको छ ।

उनलाई ट्रिपर संचालनमा सहज बनाइदिने भन्दै ५ हजार रुपैयाँ घुस लिइरहेको अवस्था पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै खैरेनी पोष्टमा कार्यरत प्रहरी जवानलाई पनि ३ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस