आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओली अस्वस्थ, रोकियो सचिवालय बैठक

AuthorAP Khabar२०७६ माघ २६, आईतबार (४ साल अघि) २६८ पाठक संख्या

माघ २६ काठमाडौं

प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबारको लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।

सचिवालय बैठक आइतबार दिउँसोकाे लागि बोलाइएको थियो । प्रधानमन्त्री अस्वस्थ भएपछि बैठक स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ । महासचिव पौडेलले प्रधानमन्त्री अस्वस्थ भएको जानकारी दिए पनि समस्याबारे भने खुलाउन भएन ।

प्रधानमन्त्री अस्वस्थ भएपछि उहाँको आजको सबै कार्यक्रम स्थगित गरिएको छ । प्रधानमन्त्रीले आइतबार नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ सम्मेलन  उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।

प्रधानमन्त्री अस्वस्थ भएपछि  दरबरमार्गस्थित याक एण्ड यति होटलमा आयोजित ‘सगरमाथा संवाद’ राष्ट्रिय सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस