मनहर्वाका महिलाहरुलाई पुनःप्रयोग गर्न मिल्ने प्याड निःशुल्क वितरण

समाचार स्वास्थ्य/शिक्षा

एपी संवादाता
मनहर्वा महिलाहरुले महिनावारीका बेला पुनः प्रयोग गर्न मिल्ने प्याड निःशुल्क वितरण गरिएको छ । एक्स–पोज नेपाल जावलाखेल ललितपुरले सोमबार जीतपुरसिमरा उपमहानगरपालिका १८को बडहर्वा प्याड प्रयोग गर्ने विधि सिकाउनुका साथै दुई दर्जन बढी महिलालाई निःशुल्क प्याड वितरण गरेको हो । निःशुल्क प्याड वितरण कार्यक्रममा महिनावारीका बेला महिलाले अपनाउनु पर्ने सावधानी र सरसफाईका विषयमा समेत प्रकाश पारिएको थियो ।

विदेशी र गुणस्तरहिन प्याडको तुलनामा निकै प्रभावकारी भनिएको नेपाली उत्पादन एउटै दुईबर्ष सम्म प्रयोग गर्न सकिने गरी एक्स–पोज नेपालका कार्यकारी अध्यक्ष ज्ञान महजर्ननले बताए । प्याड स्थानिय स्तरमै उत्पादन समेत गर्न मिल्ने उनको भनाई थियो । उक्त प्याड उत्पादनबाट महिलाहरुले मनग्य आम्दानी समेत गरिहेका छन् । प्याड बनाउन महिलाहरुलाई तालिम तथा प्रशिक्षण समेत दिने गरेको एक्स–पोज नेपालका संचालक महर्जनले बताए ।

हाल ६० जना महिलाई तालिम दिई स्वरोजगार बनाउनुका साथै २२ जनालाई प्रशिक्षक तयार गरिएको छ । प्याड उत्पादनमा सहभागि महिलाहरुले मासिक ७ देखी २२ हजार रुपैंया सम्म मासिक कमाई गरिहेको छन् । देशका २, ३, ४ र ६ नं. प्रदेशका विभिन्न स्थानका महिलाहरु प्याड बनाउने र प्रशिक्षणमा सहभागि भएको उनले बताए ।

कार्यक्रमका सहभागिका विच एक्स–पोज नेपालकी फोकल पर्सन लक्ष्मी आचार्यले अन्य प्याडको तुलनामा पुनः प्रयोग गर्न मिल्ने नेपाली प्याड सस्तो, टिकाउ र स्वस्थकर रहेको बताइन् । महिनावारी प्राकृतीक प्रकृया भएकाले यस्तो समयमा गरिने हेलचेक¥याँईले महिलाको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने हुँदा स्वस्थकर रसायनमुक्त प्याडको प्रयोग लाभदायक हुने उनको भनाई थियो ।

महिनावारीका क्रममा गुणस्तरहिन र पुनः प्रयोग गर्न नमिल्ने प्याड खरिदमा बार्षिक हजारौं खर्च भैरहेको भन्दै आर्चायले थोरै पैसामा दुईबर्ष प्रयोग गर्न पाउनु महिलाहरुका लागि खुःशीको कुरा रहेको उनले बताईन् ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १८ का अध्यक्ष अर्जुन प्रसाद दाहाल, स्थानिय सामाजिक अगुवा, महिला प्रतिनीधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *