आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आफनै सरकारको आलोचना गरेकोमा युवा नेता दासले प्रभु साहलाई दिए धन्यवाद

AuthorAP Khabar२०७६ माघ २७, सोमबार (४ साल अघि) ६६३ पाठक संख्या

ओम प्रकाश यादव
माघ २७ गते, रौतहट
समाजवादी पार्टिका युवा नेता राजकुमार दासले पूर्व मन्त्री एवं संघिय सांसद प्रभु साहलाई विशेष धन्यवाद दिएका छन ।
ललिता निवास जग्गा प्रकरणमा आफनै पार्टिका नेतामाथी आवाज उठाएकोमा युवा नेता दासले संघिय सांसद प्रभु साहलाई धन्यावाद ज्ञापन गरेका छन ।

रौतहटको शिवनगर स्थित आज पत्रकारहरुसँग कुराकानी गर्दै समाजवादीका नेता दासले आफनै सरकारले गरेको निर्णयमा आपति जनाएको र विरोध गरेको प्रति नेकपा नेता साहलाई धन्यवाद दिएका छन ।
हिजो मात्रै नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद भएको टिप्पणी गरेका थिए ।
ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियारको निर्णय लज्जास्पद भएको साहको दाबी छ ।
ललिता निवास जग्गाको प्रस्ताव लिएर जाने कांग्रेसबाट उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छादार दोषी बनाइएको र तत्कालिन एमालेबाट प्रधानमन्त्री बनेका माधवकुमार नेपाललाई कम्युनिष्ट सरकारले उन्मुक्ति दिएको भन्दै रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साह आफनै सरकारमाथी आलोचना गरेकोले उहाँको यस्तो कदम निकै सराहनीय रहेको समाजवादीका नेता दासले बताए ।

शाहले आइतबार फेसबुक स्टाटसमा लेखेका छन, ‘प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ?’सानालाई ऐन, ठुल्लालाई चयन कम्युनिष्ट सरकारका लागि सुहाउने विषय नभएको उनले बताएका थिए ।
यदि संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन । हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो ।’ उनले लेखका छन् ‘सानालाई ऐन, ठुल्लालाई चयन कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन् सक्दैन ।
तसर्थ यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरूरी छ ।’ बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी पनि छन ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

प्रतिक्रिया दिनुहोस