आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४० स्थान गन्दा आम आदमी ३७, भाजपा ३, कंग्रेस क्लीनस्वीप

AuthorAP Khabar२०७६ माघ २९, बुधबार (४ साल अघि) ६०७ पाठक संख्या
माघ २९ काठमाडौं ।
अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले विधानसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याएको छ ।  ४० स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म आपले ३७ स्थानमा जित हासिल गरिसकेको छ ।

सरकार गठनका लागि ३६ सिट पर्याप्त छ । अझै २५ स्थानमा आपले अग्रता हासिल गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ । ७० सदस्यीय विधानसभाका लागि गत शनिबार मतदान भएको थियो ।

आपले २०१५ को निर्वाचनमा ६७ सिट जितेको थियो । त्यतिबेला ३ स्थानमा जितेको भारतीय जनता पार्टी (भाजपा)ले गत निर्वाचनको तुलनामा केही सुधार गरेको छ ।

भाजपाले ३ सिट जितिसकेको छ भने ५ स्थानमा अग्रता लिएको छ । विधानसभामा एक जना पनि सदस्य नरहेको भारतीय नेसनल कंग्रेसले यसपटक पनि खाता नखोल्ने निश्चित जस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस