आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेत्रविक्रम चन्द नेतृत्व (विप्लव) समूहका प्रदेश कमिटी व्यूरो सदस्य इन्दल साह पक्राउ

AuthorAP Khabar२०७६ फागुन १, बिहिबार (४ साल अघि) २८८ पाठक संख्या

फाल्गुन ०१ धनुषा

 नेत्रविक्रम चन्द नेतृत्व (विप्लव) समूहका प्रदेश कमिटी व्यूरो सदस्य इन्दल साह पक्राउ परेका छन् । सुरुङ्गा नगरपालिका–६ बाट साहस भनिने नेता साहलाई बिहीबार प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

हत्या, ज्यान मार्ने उद्योग, बम विष्फोट, सङ्गठित अपराधलगायतका घटनामा प्रहरीको मोस्टवाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका लागि सप्तरीको सुरुङ्गा आएको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मङ्सिर २७ गते राति भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा साह प्रहरीको मोस्टवान्टेड सूचीमा थिए ।

बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजका छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस