आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गरुडामा सहिदहरुको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न

AuthorAP Khabar२०७६ फागुन १, बिहिबार (४ साल अघि) ४०३ पाठक संख्या

आरके श्रीवास्तव/रौतहट/फागुन १
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनामा रौतहटको गरुडामा जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा श्रद्धान्जलि कार्यक्रम सम्पन्न भएको छ ।

गरुडा नपा ४ मित्रनगरस्थित तुलसीलाल स्मृति सभाभवनमा शेख कलिमुल्लाहको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष कमल राय यादवले देशको प्रजातान्त्रिक आन्दोलनदेखि गणतान्त्रिक आन्दोलनसम्ममा सहादत प्राप्त गर्ने सहिदहरुकै कारण देशले लोकतन्त्र र गणतन्त्र प्राप्त गरेको बताएका छन् ।

अबको समयमा समयमा सहिदहरुको बलिदानीलाई सम्झेर देशको विकास गर्नुपर्ने यादवले बताएका छन् । कार्यक्रममा नेकपाका प्रदेश तथा जिल्लास्तरका नेताहरु विपिनकुमार जयसवाल, रामजी साह सोनार, रामबाबु साह, सुनीलकुमार जयसवाल, जयरानीदेवी सहनी, श्यामनन्दन सहनीलगायत एक दर्जनले मन्तव्य व्यक्त गर्दै जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेकपाको विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रमको संचालन गढीमाई नगरपालिकाको नेकपा अध्यक्ष रामपुकार राय यादवले गरेका थिए ।

नेकपाले औपचारिक कार्यक्रम सुरु गर्नुअघि तुलसीलाल स्मृति सभाभवनको बाहिर पार्टीको झन्डा फहराएका थिए । जिल्ला अध्यक्षसहितका नेकपा नेताहरुले झन्डा फहराएपछि सम्पूर्ण सहिदहरुप्रति श्रद्धान्जलि अर्पण तथा योगदानको सम्झना गर्दै एक मिनट मौन धारण पनि गरेका थिए ।

रौतहट जिल्ला को गरुडा ना. पा. वाड ना. ४ मेथुर चौक मा सहिदहरुको समझनामा दिप जलन कार्यक्रम पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस