आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सादा पोशाकमा थिए प्रहरी जवान, कैदीले लिफ्ट मागे त्यसपछि…

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ३८२ पाठक संख्या

काठमाडौं , पुष ८ : जेलबाट भागेका कैदीले नेश्नल हाइवेबाट प्रहरीसँग लिफ्ट मागे । उनलाई थाहा थिएन की लिफ्ट दिने व्यक्ति प्रहरी हुन् । उनी सादा पोशाकमा थिए । कैदीले सडकमा गुडिरहेको कारमा लिफ्ट मागे । ती लिफ्ट दिने मानिस प्रहरी थिए । यो घटना अमेरिकाको हो । ३१ वर्षीय एलेन जेलबाट भागेको भन्दै प्रहरीमा सान्नाटा छाएको थियो ।

एलेनले एक जेलबाट अर्कोमा पठाउने बेला भाग्ने कोसिस गरे । उनी भागेपनि । उनको हातमा भएको हतकडी प्रहरीले खोलेको थियो । अर्को जेलमा स्तानान्तरण गर्ने समयमा गाह्रो भएको भन्दै हतकडी खोलिएको थियो । सोही मौकामा उनी भाग्न सफल भए । केही पर पुगिसकेपछि कारलाई लिफ्ट मागे । त्यो कारमा प्रहरी नै सवार थिए ।

कैदी एलेन शुरुमा त लिफ्ट पाएकोमा खुसी भए भाग्न सफल हुन्छु सोचे तर सकेनन् । सादा पोशाकका प्रहरीले उनलाई जेलमा फिर्ता लिएर आए । ग्रीनअप काउन्टीका जेलर माइक वर्थिंग्टनका अनुसार एलेन जेलमा फिर्ता भएका छन् उनलाई भागेको आरोपमा थप सजाय हुनेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस