आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चीनमा रहेका नेपालीलाई उद्धार गर्न विमान जाँदै

AuthorAP Khabar२०७६ फागुन ३, शनिबार (४ साल अघि) ५१९ पाठक संख्या

फाल्गुन ०३ काठमाडौं

सरकारले कोरोना प्रभावित क्षेत्र चीनको हुवेईस्थित वुहानमा रहेका नेपाली नागरिकको उद्धारका लागि आज वाईडबडी विमान त्यसतर्फ पठाईदै छ ।

उद्धारका लागि शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको जहाज हुवेईका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आईपुग्ने तालिका बनाईएको छ । यस सँगै लामो समयदेखि वुहानमा त्रासमा रहेका नेपालीहरुले राहत महसुस गर्नेछन् ।

उद्धारका लागि क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली खटिने बताइएको छ ।

वाइडबडी मार्फत १ सय ८० जना नेपालीलाई नेपाल ल्याउन लागिएको हो । टोलीमा ३ जना पाइलट र ३ जना क्रु मेम्बर रहनेछन् । त्यस्तै १ इन्जिनियर १ प्राविधिक र १ डिस्पास्चर रहनेछन् ।

टोलीमा ४ नेपाली सेनाका चिकित्सकसमेत रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएको छ । संक्रमित भएको शंका लागेका यात्रुहरुलाई जहाजको पछाडिको ढोकाबाट बाहिर ल्याइनेछ ।

त्यसैगरि संक्रमित नभएका यात्रुहरुलाई जहाजको अघिल्लो ढोकाबाट बाहिर ल्याइने व्यवस्था मिलाइएको छ ।

जहाजबाट उत्रँदा क्रमस एक आपसमा एक मिटरको दूरी कायम गर्नुपर्नेछ । काठमाडौं विमानस्थलमा पाँच ओटा स्क्रिनिङ डेस्कको व्यवस्था मिलाइएको छ ।

संक्रमणको आशंका गरिएका व्यक्तिीलाई शुक्रराज ट्रपिकल वा सरुवारोग अस्पताल,पाटन अस्पताल,सशस्त्र अस्पतालमध्ये कुनै एक अस्पतालको आइसोलेनि वार्डमा राखिनेछ ।

संक्रमण नभएका यात्रुहरुलाई क्वारेन्टनइन स्थान खरिपाटीमा लगिनेछ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस