आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाले कार उत्पादन बन्द, अर्थतन्त्रमा गम्भीर असर

AuthorAP Khabar२०७६ फागुन ३, शनिबार (४ साल अघि) ४७८ पाठक संख्या

फाल्गुन ०३ काठमाडौं । चीनबाट शुरू भएकाे नोवेल कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ ।

वस्तु निर्यातको जगमा फैलिएको चिनियाँको अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप बनेको छ । मानवीय क्षति त छँदैछ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखिएको छ ।

महामारीको समाधान नभए विश्वभर सवारीसाधन इन्धन बन्द हुन सक्छ । वस्तु उत्पादनमा ‘चिनियाँ कच्चा वस्तु उपयोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको छ ।

चीन तथा त्यहँको उत्पादन प्रणालीमा आवद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ ।

सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरुसँग छैन । ९० प्रतिशत भन्दा बढी पार्टस् आपूर्ति चीनबाटै हुन्छ ।

चीनबाट पाट्स प्राप्त गर्न नसकेपछि जापानको कार निर्माण कम्पनी निसानले फ्याक्ट्री आपत्कालीनको लागि बन्द गरेको छ ।

त्यस्तै दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ ।

चीनसँग सम्बन्धि विश्वका अन्य विभिन्न कम्पनी समेत बन्द भएका छन् । कोरोना विश्व अर्थतन्त्रमा कहर बनेको छ । अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस