आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गरुडा नपा वडा नं ७ पिपरीयामा गरियो कांग्रेसको वडा कमिटि गठन

AuthorAP Khabar२०७६ फागुन ३, शनिबार (४ साल अघि) ३८० पाठक संख्या

आरके श्रीवास्तव/रौतहट/फागुन ३
रौतहटको गरुडा नगरपालिका वडा नं ७ पिपरीयामा आज नेपाली कांग्रेसको १७ सदसीय वडा कमिटि गठन गरिएको छ ।

पार्टिको क्षेत्रीय सभापति राम भरोस प्रसाद यादवको सभापतित्वमा बसेको बैठकले स्थानीय सुन्दर पटेलको अध्यक्षतामा १७ सदसीय वडा कमिटि गठन गरिएको छ ।

कांग्रेसले विगत केहि दिन देखी रौतहट क्षेत्र नं ३ को गाउँहरुमा वडा कमिटि विस्तार तथा समायोजन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

वडा कमिटि गठनको अवसरमा कांग्रेसका पूर्व सांसद एवं क्षेत्र नं ३ का सांसदको प्रत्याक्षि सुनिल यादव उर्फ जितेन्द्र, पार्टिका जिल्ला उपसभापति सुनिल यादव, जिल्ला सचिव हिरदेनारायण यादव, विद्यायक प्रत्याक्षि रामनारायण यादव, जिल्ला सदस्य बालमिकि यादव, उपेन्द्र यादव लगाएतको सहभागिता रहेको क्षेत्रीय सचिवालय सचिव गणिलाल यादवको हवाला दिदै पत्रकार प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस