आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘पञ्चायत’ निर्देशकको ‘कोपिला’

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ५४६ पाठक संख्या

 पुष ८ : चलचित्र ‘कोपिला’को शुभसाइत गरिएको छ । चितवनको हाकिमचोकमा रहेको मालिका मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार सरिता गिरी, गणेश गिरी र सन्जिविनी खरेलले मुहुर्त सर्ट दिएका थिए । चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गर्दैछन् । शिवम्ले चलचित्रले समाजमा घट्ने कथालाई उठान गर्ने बताएका छन् ।

चलचित्रका प्रस्तुतकर्ता गणेशले यसअघि निर्माण गरिएको ‘पञ्चायत’ जस्तै सामाजिक कथामा चलचित्र बन्ने बताए । चलचित्रलाई चितवनका यूवा व्यवसायी करुणकर घिमिरे र पत्रकार मणिराज गौतमले निर्माण गर्दैछन् । सुवासराज काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रमा समिर मिया, रामेश्वर मेनुका ढुंगाना सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जिवनी खरेल, ऋद्दिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मित घिमिरे, अस्मिता जुरेली लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, समिर मियाको सम्पादन, दिपक शर्माको संगीत छ । चलचित्रलाई चितवनमा खिचिनेछ । ८० लाख लगानीमा यो चलचित्र निर्माण हुने निर्माणपक्षले बताएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस