आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विजयकुमार गच्छदारसहित १७५ जनालाई पक्राउ गर्ने तयारी

AuthorAP Khabar२०७६ फागुन ४, आईतबार (४ साल अघि) ३१० पाठक संख्या

फाल्गुन ०४ काठमाडौं ।

बालुवाटारिस्थत ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्व उपप्रधानमन्त्री  तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई पक्राउ गर्ने तयारी गरेको छ ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले ठगी मुद्दामा पक्राउको तयारी गरेको हो ।

सीआइबीले त्यसको लागि आइतबार जाहेरी दर्ता गरेको छ । सीआइबीले उनीहरुविरुद्ध सार्वजनिक पद दुरुपयोग, नक्कली मोही, किर्ते र ठगी लगायतका मुद्दामा जाहेरी दर्ता गरेको हो ।

सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले उनीहरुविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता भएको पुष्टि गर्नुभयो । ‘जाहेरी दर्ता भएको छ’ उहाँले जनता समाचारसँग भन्नुभयो, ‘त्यसबारे अनुसन्धान हुँदैछ , कानुन अनुसारको प्रक्रिया अगाडि बढ्छ ।’

सीआइबीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनीहरुविरुद्ध मद्दा दर्ता गरेको हो  । आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने सीआइबीको तयारीमा छ ।

२०७५ फागुन २८ गते सरकारले ललिता निवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गर्न सीआइबी र अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई एकैपटक जिम्मा दिएको थियो ।

सीआइबीले १० महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन अघिल्लो साता सरकारलाई बुझाइसकेको छ । अख्तियार उनीहरुविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस