आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आरआर क्याम्पसमा अखिल र नेविसंघबीच झडप

AuthorAP Khabar२०७६ फागुन ५, सोमबार (४ साल अघि) ४३२ पाठक संख्या

फाल्गुन ०५ काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघबीच सोमबार बिहान झडप भएको हो ।

आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा झडप भएको बताइएको छ । नेविसंघले आफ्ना विद्यार्थीमाथि कुटपिट भएको आरोप लगाएको छ ।

नेविसंघले आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको बताएकाे  छ भने अनेरास्ववियुका सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपानेलगायत घाइते भएका छन् ।

उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघका पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस