आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपमा नेपाल खेलकुद क्लव चपुर बिजयी

AuthorAP Khabar२०७६ फागुन ५, सोमबार (४ साल अघि) ४१३ पाठक संख्या

फाल्गुन ०५ पर्सागढी : पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपमा नेपाल खेलकुद क्लव चपुर बिजयी भएको छ ।

एफ सी सिमरा युनाइटेड बिरुद्धको आजको खेलमा खाली पोष्टमा गोल गरेर चपुर बिजयी बनेको हो ।

खेलको सुरुवाती १९ औ मिनेटमा चपुरका रोशन पहरीले गोल गरेर चपुरलाई अग्रता दिलाएका थिए । खेलको ५२ औ मिनेटमा सिमराका निकेश थापाले गोल गर्दै खेललाई बराबरी गरे ।

खेलको ६९ औ मिनेटमा सिमराका सुनिल राउतले रातो कार्ड पाएपछि रेफ्रीको निर्णयमा असहमति जनाउदै सिमराले खेल बहिष्कार गर्यो ।

सिमराले खेल बहिष्कार गरेपछि चपुरले खाली पोष्टमा गोल गरेर आजको खेलको बिजयी बन्यो ।

खेलको म्यान अफ द म्याच रौतहटका चपुरका रोशन पहरी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष उद्धव बहादुर उप्रेतीले ट्रफी प्रदान गरे ।

प्रतियोगिताको चौथो खेल भोली निजगढ एफ सि बारा र आयोजक पर्सागढी युवा स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस