बारामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परि  ३ जनाको मृत्यु

घटना क्रम देश समाचार स्थानीय

फाल्गुन ०६ बारा—बारामा मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका ८ का २२ वर्षीय चालक विजय यादव र उनका आफन्त ५५ वर्षीय रामेश्वर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम हुलाकी मार्गको लंगडा चोक नजिक ना ३० प २७४६ नम्बरको मोटरसाइकलमा उनीहरु सवार थिए ।
त्यसैगरी लु २१ प ७९६३ नम्बरको मोटरसाइकलमा सवार चालक पचरौता नगरपालिका ९ कलाबन्जर गाउँका ३५ वर्षीय मञ्‍जय ठाकुर लोहारको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । दुवै घटना छुट्टाछुट्टै र अनियन्त्रित भएर भएको प्रहरीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *