आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफ्रिकामा बन्दुकधारी समूहकोे आक्रमण, २४ जनाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन ७, बुधबार (४ साल अघि) ९५० पाठक संख्या

फाल्गुन ०७ अफ्रिका ।

बुर्किना फासोमा प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारी समूहकोे आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् ।  नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् ।

मारिनेमा गिर्जाघरका पादरी समेत रहेको जनाइएको छ । त्यसैगरी इसाईसहित इस्लाम धर्मावलम्बी पनि रहेको अधिकारीले जनाएका छन् ।

आक्रमणकारीले अन्य तीनजनालाई अपहरण गरी भागेको बीबीसीले जनाएको छ ।

आक्रमणमा अन्य १८ जना घाइते भएका छन् । २० जनाको समूहमा आएका आक्रमणकारीले गिर्जाघरनजिकै पुरुषको समूहलाई लक्षित गरी गोली प्रहार गरेका थिए । साहारा मरुभूमिको दक्षिणी किनारमा रहेको बुर्किना फासोमा यस्ता आक्रमण हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस