आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमसीसी संसदबाट पास हुनुपर्छ’

AuthorAP Khabar२०७६ फागुन ७, बुधबार (४ साल अघि) २९४ पाठक संख्या

फाल्गुन ०७ रुपन्देही राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी परियोजना एमसिसी जनतालाई जनतालाई जानकारी गराएर संसदबाट पास हुनुपर्ने बताउनुभएको छ ।

रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा थापाले एमसिसी नेपालको हितमा भएको भन्दै संसदबाट पास हुनुपर्ने दोहोर्याउनुभएको हो ।

एक फरक प्रसंगमा थापाले राप्रपाको कांग्रेससँगको सहकार्य टुट्नुमा कांग्रेस सहकार्यमा इमान्दार नभएकाले बताउनुभयो ।

थापाले विगतमा विभिन्न ढंगले भिन्न पार्टीसँग सहकार्य गरेको उल्लेख गर्दै केपी शर्मा ओलीसँग गरेको सहकार्य तोडेर तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनु आफ्नो कमजोरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस