आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चलचित्र ‘रणवीर’को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ७२१ पाठक संख्या

काठमाडौं,पुष ८ : चलचित्र ‘रणवीर’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिरिमिरी तिरिमिरी तीन तारा’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द ,संगीत तथा स्वर रहेको छ । राजनलाई गायनमा अन्जु पन्तले साथ दिएकी छिन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको उक्त गीतमा चलचित्रका मुख्य कलाकारहरु सुशिल सिटौला, नव नायिका शुभेच्छा खड्का र सुपुष्पा भट्ट फिचरिङ छन् ।

प्रेम कथामा निर्माण भएको चलचित्रमा सुशिल सिटौला, नव नायिका शुभेच्छा खड्का, सुपुष्पा भट्टका साथै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

२२ लाख खर्च गरेर छायांकन गरिएको भनिएको गीतको भिडियोमा १२५ जना कोरस कलाकारले नृत्य गरेका छन् । गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको उक्त चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्र यहि माघ १८ गते प्रदर्शन हुनेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस