आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जर्मनीमा दुई स्थानमा गोलीबारी, आठ जनाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन ८, बिहिबार (४ साल अघि) ३३१ पाठक संख्या

फाल्गुन ०८ एजेन्सी ।

जर्मनीको हनाउ शहरका दुई स्थानमा हमला हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिले घटाएको उक्त घटनामा कम्तीमा पाँचजना घाइते भएको बताइएको छ ।

पहिलो बन्दुक आक्रमण हनाउको मध्य शहरमा भएको थियो भने दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको हो ।

प्रहरीले बीबीसीलाई बताए अनुसार राति करिब १० बजेतिरका घटना हुन् । घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

समाचारका अनुसार पहिलो हमलामा ३ जनाको मृत्यु भएको छ भने दोश्रो हमलामा ५ जनाको मृत्यु भएको छ । आक्रमणको कारण खुल्न सकेको छैन् ।

हनाउ शहर जर्मनीको फ्रान्कफर्ट शहरबाट २५ किलोमिटर पूर्वमा पर्छ । अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस