आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा हेटौडा फुटबल एकेडेमी बिजय

AuthorAP Khabar२०७६ फागुन ८, बिहिबार (४ साल अघि) ३१७ पाठक संख्या

फाल्गुन ०८ पर्सागढी : पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा बीरगंज युनाइटेड क्लवलाई पराजित गर्दै हेटौडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रबेश गरेको छ ।

पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा बिहिबार भएको छैठौ दिनको खेलमा बीरगंजलाई ० का बिरुद्ध १ गोल गर्दै हेटौंडा सेमीफाइनलमा प्रबेश गरेको हो ।
निकै रोमाञ्चक देखीएको खेलको ८२ औं मिनेटमा हेटौंडाका रोजम लामाले गरेको गोल नै जितका लागी निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच बीरगंज युनाइटेड क्लवका लालबाबु चौधरी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं २ का वडाध्यक्ष बेदमन दासले ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्र्तगतको भोलीको खेल दिउसो ३ बजे बीरगंज युथ क्लव र आयोजक पर्सागढी युवा स्पोर्टस क्लबबीच हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस