आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्री बाँस्काटाको कोठामा अख्तियारको छापा : फाइल जफत, दराज सिलबन्दि

AuthorAP Khabar२०७६ फागुन ९, शुक्रबार (४ साल अघि) ५०९ पाठक संख्या
फाल्गुन ०९ काठमाडौं ।
निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार साँझ मन्त्री बाँस्कोटाको मन्त्रालयको कार्यकक्षमा छापा मारेको हो ।

निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा छापा मार्न अख्तियार टोली सादा पोशाकमा पुगेका थिए । अख्तियार टोलीले निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा रहेका विभिन्न फाइल तथा कागजात जफत गरेकाे छ ।

बाँस्कोटाले प्रयोग गर्दै मन्त्रालयको दराजमा अख्तियारले सिलबन्दी गरेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड मागेको अडियो सार्वजनिक भएपछि त्यसबारे अनुसन्धान थालिएको जानकारी दिनुभयो ।सभार जनता समाचार

प्रतिक्रिया दिनुहोस