आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दाईजो लिनेलाई सबक,रौतहटको डा.राकेशले गरे आदर्श विवाह

AuthorAP Khabar२०७६ फागुन १०, शनिबार (४ साल अघि) ३०९ पाठक संख्या

राही चंचल
रौतहट । फाल्गुन १० । विगत देखिनै चल्दै आएको दाईजो लिएर विहे गर्ने परम्परालाई तोडदै डा. राकेश स्वर्णकारले विना दाईजो विहे गर्नु भएको छ ।

तराई मधेस तिर दाईजो न लिई विहे गर्ने मान्छे विरलै भेटिन्थ्यो तर अहिले आएर दाईजो न लिई विहे गर्ने मनसाय युवाहरुले बनाएका छन् । त्यही मध्ये एक हुन डा. राकेश ।

रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा जन्मेको राकेशले एम.बि.बी.एसको अध्यन पुरा गरि सके पछि दाईजो लिएर विहे गर्ने युवाहरुको लागि रोल मोडल बनेका हुन् ।

डा.राकेशले नेपाल सोनार समाजको नेतृत्वमा चल्दै आएको दहेज विरोध अभियान विना दहेज विवाह को अगुवाई जानकी मन्दिर जनकपुरमा विना दाईजो विहे गरेका हुन् ।

सरकारी सेवामा रहनु भएका बबुुनन्दन साहका छोरा राकेश र गौर नगरपालिका वडा नम्बर ५ निवासी स्वर्गीय लालबहादुर साहको छोरी आरती कुमारी साहका बीच जानकी मन्दिरमा आदर्श विवाह भएको हो ।

विवाहमा बेहुला बेहुलीका परिवारका साथै नेपाल सोनार समाजका अध्यक्ष डा. महादेव साहलगायत नेपाल सोनार समाजका प्रतिनिधिहरु सहभागी थिए ।

तराई मधेसमा ठुलो रोगको रुपमा रहेको दाईजो प्रथालाई न्युनिकरण गर्ने सोचकासाथ डा. राकेशले दाईजो नामक रोगको उपचारको थाल्नी गर्नु भएको छ ।

दाईजो न लिई विहे गरेर दाईजो लिएर विहे गर्नेहरुलाई सबक स्वरुप मुह तोड जवाफ दिदैँ आदर्श विवाह गरेर दाइजो लोभीहरुलाई ठुलो सबक दिनु भएको छ ।

तराई÷मधेसमा छोराको बिहेमा ५÷७ लाख तिलक लिनुु प्रायः सामान्य मानिन्छ । तर एकजना एमबीबीएस डाक्टरले बिनादाईजो बिहे गरेर उदाहरणीय काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस