आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ग्रामिण शिक्षा विकास नेपालले आयोजना गरेको बज्जिका भाषा विकास समारोह २०७६ भव्यताका साथ सम्पन्न

AuthorAP Khabar२०७६ फागुन १०, शनिबार (४ साल अघि) ३८७ पाठक संख्या

रौतहट, १० फागुन
रौतहटको सदरमुकाम गौरमा ग्रामिण शिक्षा विकास नेपालले आयोजना गरेको बज्जिका भाषा विकास समारोह २०७६ भव्यताका साथ सम्पन्न भएको छ ।

विश्व मातृभाषा दिवसको अवसरमा लगातार पाँच वर्ष देखि ग्रामिण शिक्षा विकास नेपाल नामक संस्थाले विभिन्न कार्यक्रम गरि समारोहको आयोजना गर्दै आएको हो ।

मातृभाषाको संरक्षण संवर्धन एवम प्रर्वद्धनको लागि निरन्तर कार्य गर्दै आएका ग्रामीण शिक्षा विकास नेपालले बज्जिका भाषाको उत्थानका लागि पत्रिका समेत संचालन गर्दै देखिएको छ ।
रौतहट, बारा, सर्लाही महोतरीमा बोलिने बज्जिका भाषाको मान्यता हुनु पर्ने आज आयोजित समारोहका सहभागीहरुले जोड़ दिएका छन ।

Image may contain: one or more people, people standing and wedding

संघीय व्यवस्थामा स्थानीय भाषा, सांस्कृतिक, धार्मिक, सामाजिक विकास गर्नु पर्ने स्थानीय सरकारको अधिकार दिइएकोले स्थानीय सरकारले मातृभाषा बज्जिकालाई सरकारी कामकाजको लागि प्रयोग गर्नु पर्ने वक्ताहरुको जोडदार माँग गरेका छन् ।

संस्थाका अध्यक्ष रामा यादवको अध्यक्षतामा सम्पन्न भएको समारोहमा गरुडा नग्गरपालिकाका प्रमुख इन्नु राय यादवले आफ्नो नगरपालिकाका आधारभूत विद्यालयहरुमा बज्जिका भाषामा अध्ययन अध्यापन गराउने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छ ।
लोप हुदै गइरहेको सभ्यता, संस्कृति, कला, पहिरन, भेषभूषाको जगेर्ना गर्नु पर्ने समेतमा मेयर यादवले जोड़ दिए ।

राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले आफ्नो मातृभाषाको संरक्षण गर्नु पर्ने बताए । मेयर सिंहले बज्जिका भाषालार्इ राष्ट्रिय भाषाको रुपमा मान्यता दिनु पर्ने धारणा व्यक्त गरे । जन्म देखि नै बोलिने मातृ भाषाको लोप हुनु दुखद रहेको टिप्पणी गर्दै भाषा विकाशको लागि सवैले सकारात्मक पहल गर्नु पर्ने अपील गरे ।

समारोहमा समाजवादी पार्टीका प्रदेश सदस्य ब्रृज यादव, पूर्व जिल्ला उपाध्यक्ष श्यामविहारी यादवले राष्ट्रिय जनगणनामा मातृ भाषाको रुपमा बज्जिका छनौट गरी आफ्नो भाषाको मान्यता दिलाउनु पर्ने आग्रह गरे ।

युएनहेविटासका दिपेन्द्र ठाकुरले आफनो भाषाको संरक्षण गर्ने कार्यमा संस्थाले खेलेको र खेल्दैं आएको भुमिकाको प्रसंसा गर्दै भाषा संस्कृतिको जर्गेना गर्नु जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र साहले बज्जिका भाषाको बारेमा जानकारी गराउदैं संस्थाले यस्ता कार्यक्रम गरि संरक्षण गरेको प्रति धन्यवाद दिए । लोप भई सकेको र लोपोन्मुख अवस्थामा रहेका सामग्री प्रदर्शनीको लागि कार्यक्रममा सजाइएका थिए ।
समारोहमा जिल्लाका १०३ वर्ष पुरा गरेकी गरुडा नपाका हजारी देवी र समसी देवीलाई दोसल्ला तथा पहिरण र अभिनन्दन पत्रबाट सम्मानित गर्नूको साथै विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरु एवम रौतहटका संचारकर्मीहरुलाई समारोहमा सम्मानित गरिएको आयोजक सस्थाका संस्थापक अध्यक्ष जय प्रकाश यादवले जानकारी दिएका छन ।

Image may contain: 3 people, including Dhirendra Kumar Singh, people standing and text

खुर्दक वाजा, डंका, सिंघा वाजा, जरजटिनको गित, होली गित प्रस्तुत गरिएको थियो । निजि विधालयका वालवालिकाहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको आयोजक संस्थाले जनाएको छ ।
समारोहलाई सफल बनाउन आयोजक संस्थाले शुक्रबार विहान रौतहटको सदरमुकाम गौरमा भव्यताका साथ प्रभात फेरीको आयोजना गरेको थियो ।

Image may contain: 3 people, including Raj Bhushan Shrivastava, outdoor

समारोहका संयोजक योगेन्द्र प्रसाद यादवले समारोहलाई सफल बनाउन आउनु भएका सबै प्रति अभार प्रक्ट गरेका थिए ।

समारोहमा रौतहटमा चिरपरिचीत व्यक्तित्वहरुको व्यापक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस