आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी फाइनलमा प्रबेश

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) ४९५ पाठक संख्या

फाल्गुन ११ पर्सागढी :

नेपाल खेलकुद क्लव चपुर लाई हराउदै हेटौडा फुटबल एकेडेमी पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ ।

पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो ।

खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

निकै रोमाञ्चक देखीएको खेलको ५३ औ मिनेटमा हेटौडाकै कृष्ण गरुङले अर्को गोल गरेपछि हेटौडा ३(० गोल अन्तरले बिजयी बन्यो ।

खेलको म्यान अफ द म्याच हेटौडाका तारा नेगी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष राम जी साह तेली र लोक गायक खेमराज पौडेलले नगद सहित ट्रफी प्रदान गरे ।

आजको खेलको बिजेता हेटौडाले फागुन १४ गते हुने फाइनलमा आयोजक पर्सागढी युवा स्पोर्टस क्लब प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने आयोजक संचालक समितिका सचिव सञ्जय पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस