आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अब यस्ता व्यक्ति विदेश जान नपाउने

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) ३४० पाठक संख्या

फाल्गुन ११ काठमाडौं ।

अपराधिक घटनामा संलग्न र बेंकिङ कसुरको अनुसन्धानमा परेका व्यक्तिलाई विदेश यात्रामा कडाइ गरिने भएको छ ।

सरकारले अध्यागमन ऐन २०४९ लाई विस्थापित गर्न ल्याएको विधेयकमा बैंकिङ एवं वित्तीय अनुसन्धानमा परेका संगठिक अपराधमा संलग्न व्यक्रिलाई विदेश जान रोक लगाउने प्रस्ताव गरिएको हो ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर नकारात्मक प्रभाव पार्ने अवस्था देखिए सरकारले जोकोहीलाई पनि विदेश जानबाट रोन सक्छ ।

विज्ञहरुले भने यस्ताे प्रावधानले सरकारले चाहेमा कुनै व्यक्तिलाई पनि बिनाकारण विदेश भ्रमणम रोक लगाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कर, राजश्व, बैंकिङ कारोबार, आर्थिक वा वित्तीय कसुर,सम्पति शुद्धीकरण, मानव बेचबिखन तथा ओसारपसार आरोपमा अनुसन्धान भइरहेका व्यक्तिलाई विदेश भ्रमणमा रोक लगाउन सकिने विधेयकमा छ ।

हातहतियार कारोबार, संगठित अपराध, आतंकवादी सम्बन्धी कसुरको अभियोगमा अनुसन्धान भइरहेका व्यक्ति विदेश जान पाउने छैनन् । अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस