आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

८२ वर्षीय वृद्धको जलेर ज्यान गयो

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) ५३४ पाठक संख्या
फाल्गुन ११ स्याङ्जा बिरुवा गाउँपालिका ४ घोप्टेमा आगलागि हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । ८२ वर्षीय जीतबहादुर गुरुङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

शुक्रबार राति खरको गोठसँगै जोडिएको कोठामा सुतिरहेका गुरुङ प्यारालाईसिसको बिरामी थिए । आगलागि हुँदा भाग्न नसक्दा दुखद घटना घटेको परिवारले जनाएको छ ।

राति दश बजेको समयमा आगलागी भएको देखेर स्थानियबासीले आगो नियन्त्रणमा लिने प्रयास
गरेपनि गुरुङलाई जोगाउन नसकिएको प्रहरीको भनाइ छ ।

शरिरको बाँया भाग नचल्ने गुरुङले चुरोट सेवन गर्ने क्रममा आगलागि भएको मृतक गुरुङका परिवारले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक गौतम बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस