आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा चार जना असई सहित ६ जना घाइते

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) ३०५ पाठक संख्या

अखिलेश कुमार यादव।फाल्गुन ११ रौतहट ।

रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा चार जना असई सहित ६ जना घाइते भएका छन् ।

मानसिक सन्तुलन गुमाएकी महिला सडकमा निस्किए पछि जोगाउन खोज्दा भ्यान ट्रकसँग ठोक्किएको हो । चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको ना१झ १३३१ नम्बरको भ्यान विपरीत दिशाबाट आइरहेको ना६ख ८६२५ नम्बरको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी असई मनोज सिंह र गोविन्द यादव गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

असई हृदयनारायण यादव र विश्वनाथप्रसाद यादव सामान्य घाइते भएका छन् । दुर्घटनामा भ्यान चालक सरोजकुमार यादव पनि घाइते भएका छन् ।

असईहरू प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवाली सहभागी हुने पथलैयास्थित कार्यक्रममा भाग लिन जाँदै थिए।

प्रतिक्रिया दिनुहोस